Government of Gandaki Province

Ministry of Economic Affairs

Gandaki Province, Pokhara, Nepal

animated national flag

Introduction


बि.सं. २०७४ मंसिर महिनामा सम्पन्न प्रदेश सभाको पहिलो निर्वाचन पश्चात २०७४ साल माघ २८ गते आर्थिक मामिला तथा योजना मन्त्रालयको रुपमा यस मन्त्रालय स्थापना भएको हो । 

क) मन्त्रालयको लक्ष्य र उद्देश्य

गण्डकी प्रदेश सरकार, आर्थिक मामिला मन्त्रालयको दुरदृष्ट्रि, ध्येय, दीर्घकालीन लक्ष्य र उद्देश्य देहाय बमोजिम रहेको छ ।

क) दृष्टिकोण: प्रदेशको सवल र समुन्नत अर्थतन्त्र निर्माण ।

ख) लक्ष्य : आन्तरिक राजस्व परिचालनबाटै सार्वजनिक खर्चको परिपूर्ति गरी वित्तीय संघीयतालाई मजबुत बनाउने।

ग)   उद्देश्य : उपलब्ध स्रोत साधनको दक्षतापूर्ण विनियोजन र कुशल परिचालनबाट न्यायोचित वितरण सहितको आर्थिक बृद्धि गर्नु ।

प्रदेशको समष्टिगत आर्थिक अवस्थाको विश्लेषण तथा नीतिको तर्जुमा, कार्यान्वन र नियमन गर्ने कार्य यस  मन्त्रालयमा रहेको छ । आर्थिक तथा वित्तीय नीति तथा कानुनको तर्जुमा, कार्यान्वयन र नियमन लगायत वार्षिक विकास कार्यक्रमको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्ने, आर्थिक एवं उल्लिखित नयाँ कार्यक्षेत्र सम्बन्धी कार्य सम्पादन यस मन्त्रालयको जिम्मेवारी रहेको छ ।


357