News and Notices
समपूरक अनुदान र विशेष अनुदान सम्बन्धी विज्ञप्ती
समपूरक अनुदान र विशेष अनुदान सम्बन्धी विज्ञप्ती
आर्थिक वर्ष २०७७/७८ मा कार्यान्वयन गरिने समपूरक अनुदान तथा विशेष अनुदानका आयोजना/कार्यक्रम "प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०७५ (पहिलो संशोधन, २०७६)" तथा "प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७६ (पहिलो संशोधन, २०७६)" बमोजिम तोकिएका क्षेत्र, ढाँचा, अनुसूचीमा खुलाउनुपर्ने विषय र संलग्न गर्नुपर्ने कागजात संलग्न गरी समपूरक अनुदान र विशेष अनुदान दुवैतर्फ प्रत्येकमा ३/३ वटा आयोजना/कार्यक्रम प्राथमिकता तोकी नगर/गाउँपालिकाबाट निर्णय गराई २०७६, पौष मसान्तसम्म यस मन्त्रालयको देहायको शाखामा बोधार्थ पत्र र आयोजना/कार्यक्रम सम्बन्धित रहेका प्रदेश सरकारका विषयगत मन्त्रालयमा आवश्यक कागजात सहित प्रस्ताव गर्नुहुन ८५ वटै स्थानीय तहलाई जानकारी गराइएको छ। यस सम्बन्धमा थप जानकारीका लागि देहायको शाखामा सम्पर्क राख्नुहुनसमेत यसै सूचनाद्वारा अनुरोध छ।
बोधार्थ पत्र र थप जानकारीको लागिः
योजना तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण शाखा
सम्पर्क व्यक्तिः राम प्रसाद वाग्ले
मोबाइल नं.: ९८४६११५४४२